• २०८१ बैशाख १५ शनिबार

कलंकी नापीका सर्वेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ

kharibot

काठमाडौं । नापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै घुस रकमसहित पक्राउ गरेको हो । 

चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस रकम बरामद भएको आयोगले जनाएको छ। जग्गा हालसाबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भन्दै उनीहरूले घुस लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै