• २०८१ बैशाख १६ आइतबार

नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कपको फाइनलमा

kharibot

काठमाडौँ । नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा आइभरी कोष्टले डिआर कंगोलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै अर्को सेमिफाइनलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरीमा भएपछि सो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।

अतिरक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

अब फाइनलमा नाइजेरिया र आइभरी कोष्ट आगामी सोमबार खेल्ने छन् । त्यस्तै सेमिफाइनलमा पराजित भएका दक्षिण अफ्रिका र डिआर कंगो तेस्रो स्थानको लागि खेल्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै