• २०८१ बैशाख १५ शनिबार

सन्दीपको पक्षमा नारा लगाउने दुईजना समर्थक प्रहरी नियन्त्रणमा

kharibot

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय शृंखलाको खेल भइरहँदा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लागेको छ । 

समर्थकले सन्दीपको पक्षमा ब्यानरसहित नाराबाजी गरेका हुन् । उनीहरुले सन्दीप चाहियो भन्दै नारा लगाएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । ४०औँ ओभरमा खेल चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नाराबाजी गर्दा केहीबेर खेल नै प्रभावित भएको थियो ।

नाराबाजी रोक्ने प्रयास असफल भएपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको छ । 

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । सोही क्रममा  दर्शकले ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै नाराबाजी गरेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै