• २०८१ बैशाख १५ शनिबार

वायुमण्डलको अध्ययन गर्न नासाले उपग्रह मिसन प्रक्षेपण

kharibot

लस एन्जलस । नासाले महासागरको जलस्वास्थ्य, वायुको गुणस्तर र मानवताको  अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न बिहीबार एउटा नयाँ उपग्रह मिसन प्रक्षेपण गरेको छ ।

सो प्रयोजनाका निम्ति पेस नाम दिइएको प्लान्क्टन, एरोसोल, जलवायु, महासागर इकोसिस्टम उपग्रह एक स्पेस एक्स फाल्कोम-९ रकेटमा १: ३३ बजे फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको थियो ।

नासाले प्रक्षेपण भएको पाँच मिनेटपछि सो उपग्रहबाट सूचना प्राप्त गर्न शुरु गरेको बताएको छ । नासाका अनुसार पेस मिसनले साना, प्रायः अदृश्य चीजहरू जस्तै पानीमा सूक्ष्म जीवन र पृथ्वीको सयौं माइल माथिबाट हावामा सूक्ष्म कणहरूको प्रभावको बारेमा अध्ययन गर्नेछ ।

यस कार्यक्रमबाट स्याटेलाइटको हाइपरस्पेक्ट्रल ओशन कलर इन्स्ट्रुमेन्टले अन्वेषकहरूलाई पराबैंजनी, देखिने र नजिकको इन्फ्रारेड प्रकाशको स्पेक्ट्रममा महासागरहरू र अन्य जल गतिविधिको मापन गर्न सहज हुने बताइएको छ ।

वैज्ञानिकहरू र तटीय स्रोत प्रबन्धकहरूले मत्स्यपालनको स्वास्थ्य पूर्वानुमान गर्न, हानिकारक अल्गल ब्लुमहरू ट्र्याक गर्न र समुद्री वातावरणमा देखिने परिवर्तनहरू पहिचान गर्न डेटा प्रयोग गर्न सक्ने पनि बताइएको छ । 

अन्तरिक्ष यानले दुई पोलारिमिटर उपकरणहरू पनि बोक्नेछन् जसले कसरी सूर्यको प्रकाशले वायुमण्डलीय कणहरूसँग अन्तरक्रिया गर्छ भन्ने अध्ययनमा सहजता ल्याउने छ । 

साथै अनुसन्धानकर्ताहरूलाई वायुमण्डलीय एरोसोल र क्लाउड गुणहरूका बारेमा पनि नयाँ जानकारी दिइने छ । साथै स्थानीय, क्षेत्रीय र विश्वव्यापीरूपमा विकसित वायुको गुणस्तर मापनका निम्ति पनि यो प्रविधिले सहजता थप्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै