• २०८१ बैशाख २३ आइतबार

बीपी स्वास्थ्य प्रतिष्ठानका विद्यार्थी र कर्मचारीसँग ६ बुँदे सहमति, आन्दोलन स्थगित

kharibot

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्थापनसँग ६ बुँदे सहमति भएपछि विद्यार्थी तथा कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

नियमित वृत्ति विकासको माग गर्दै आन्दोलनरत शिक्षक तथा कर्मचारी र पठनपाठन नियमित हुनुपर्ने मागसहित रिले अनसनमा रहेका विद्यार्थी तथा प्रतिष्ठान व्यवस्थापनबीच आज गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।

सहमतिअनुसार २०७९ पुस २० तथा २०७९ माघ २५ मा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापनबमोजिम सुरु भई स्थगित रहेको अन्तर्वाता आगामी फागुन ११ गतेदेखि सुरु गरी तालिकाबमोजिम नै सम्पन्न गर्न प्रतिष्ठान सहमत भएको छ । नतिजा अन्तवार्ता समाप्त भएको मितिले १ साताभित्र प्रकाशित गरिनेछ ।

यस्तै, आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीप्रति प्रतिष्ठान व्यवस्थापन पक्षले कुनै कारबाही नगर्ने, कानुनी झमेला आइपरे प्रतिष्ठानले आवश्यक सहयोग गर्ने र भविष्यमा पठनपाठनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता पनि दुवै पक्षले जनाएका छन् ।

आन्दोलन अन्त्य गरी शिक्षक/कर्मचारी काममा फर्कने र विद्यार्थी नियमित पठनपाठनमा सहभागी हुने सहमति आज भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै