• २०८१ बैशाख १६ आइतबार

अफ्रिका कपको फाइनलमा आज आइभरी कोस्ट र नाइजेरिया भिड्दै

kharibot

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको फाइनलमा आज आयोजक आइभरी कोस्ट र नाइजेरिया खेल्दै छन् । आइभरी कोष्टको ओलम्पिक स्टेडियम एबिम्पेमा खेल नेपाली समय अनुसार राति १: ४५ बजेदेखि सुरु हुदै छ ।

आइभरी कोष्टले सेमिफाइनलमा डिआर कंगोलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नाइजेरियाले दक्षिण अफ्रीकालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यस अघि नाइजेरिया र आइभरी कोष्ट समुह ए मा रहेका छन् । समुह चरणमा नाइजेरियाले आइभरी कोष्टलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

१९९२ र २०१५ को अफ्रिकन कपको विजेता आइभरी कोष्ट पाँचौं पटक फाइनल खेल्दै छ । आइभरी कोष्ट २००६ र २०१३ मा अफ्रिकन कपको उपविजेता बनेको थियो । त्यस्तै १९८०, १९९४ र २०१३ को अफ्रिकन कपको विजेता नाइजेरिया आठौ पटक फाइनल खेल्दै छ । नाइजेरिया १९८४, १९८८, १९९० र २००० मा उपविजेता बनेको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै