• २०८१ बैशाख १५ शनिबार

गृहमन्त्रीलाई रविको प्रश्न- विनोद चौधरीको बयान किन लिइएन ?

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई बयान नलिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गरेका थिए । सभापति लामिछानेले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनी प्रश्न गरे ।

उनले पूर्व गृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापा बारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न समेत गरेका थिए । त्यसैगरी लामिछानेले इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरेका थिए ।

उनले मुद्दा चलिरहेका विचौलियाहरुले पूर्व गृहमन्त्री रामबहादुर थापाको श्रीमती नैककला थापाको पनि नाम पोलेको भन्दै उनमाथि अनुसन्धान भए/नभएको जानकारी गराउन समेत समिति बैठकमा माग गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै