• २०८१ बैशाख १५ शनिबार

ज्ञानेन्द्र, शक्ति र रिजनले पास गरे आइसीसीको लेभल- २ कोचिङ कोर्स

kharibot

काठमाडौँ । नेपालका पुर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जनाले आइसीसीको लेभल- २ कोचिङ कोर्स पास गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजुले आइसीसीको लेभल- २ को कोचिङ कोर्स उतिर्ण गरेका हुन् ।

सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शिर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ ।

आइसीसीको लेभल- २ तहको कोचिङ कोर्स उतिर्ण गरेपछि अब तिनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्ने छन् ।
           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै