• २०८१ बैशाख १६ आइतबार

अस्ट्रेलियाविरुद्धको अन्तिम टी- २० मा वेस्ट इन्डिज ३७ रनले विजयी

kharibot

काठमाडौँ । वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्ध टी- २० सिरिजमा सान्त्वना जित हासिल गरेको छ ।

मंगलबार सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३७ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २२१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउदै १८३ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि डेविड वार्नरले ८१ रन बनाए भने टिम डेविडले अविजित ४१ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउदै २२० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे रासेलले आक्रामक ब्याटिंग गर्दै २९ बलमा ७१ रन बनाएका थिए भने शेरफाने रुदरफोर्डले अविजित ६७ तथा रस्टन चेजले ३७ रन बनाएका थिए ।

योसँगै अस्ट्रेलियाले टी- २० सिरिज २-१ ले जितेको छ ।   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय