• २०८१ बैशाख १६ आइतबार

एकदिवसीय अलराउन्डरको वरियतामा नाबी शिर्ष स्थानमा, पाँच बर्षपछि शकिब पछि परे

kharibot

काठमाडौँ । अफगानिस्तानका क्रिकेटर मोहम्मद नावी एकदिवसीय अलराउन्डरको वरियतामा पहिलो स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको नयाँ वरीयता नावीले बंगलादेशका शकिब अल हसनपछि पार्दै शिर्ष स्थानमा उक्लिएका छन् ।

शाकिब विगत पाँच वर्षदेखि एकदिवसीय अलराउन्डरको वरियतामा नम्बर एकमा थिए । शकिब १७३९ दिनसम्म एकदिवसीय अलराउन्डरको शीर्ष स्थानमा रहे । उनी ७ मे २०१९ देखि ९ फेब्रुअरी २०२४ सम्म नम्बर १ मा रहे ।

नाबी ३१४ अंकका साथ शीर्ष स्थानमा पुगे । जबकि शकिब ३१० अंकसहित दोस्रो स्थानमा छन् । यद्यपि, शकिब अझै पनि २५६ अंकसहित टी–२० अलराउन्डर वरियतामा भने शीर्ष स्थानमा छन् । जसमा नाबी एक स्थान गुमाएर तेस्रोबाट चौथो स्थानमा झरेका छन् ।

श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा सुधारको फाइदा नाबीले पाएका छन् । सिरिजको पहिलो खेलमा नाबीले १३६ रन बनाएका थिए भने १ विकेट लिएका थिए । तर यो खेल श्रीलंकाले मात्र जितेको थियो । योसँगै नाबीले एकदिवसीय बलिङ वरीयतामा पनि एक स्थान सुधार गरेका छन् । उनी आठौंबाट सातौं स्थानमा झरेका छन् ।

एकदिवसीय बलिङ वरियतामा दक्षिण अफ्रिकाका बलर केशव महाराज ७१६ अंकसहित शीर्ष स्थानमा छन् । अष्ट्रेलियाका बलर जोस हेजलउड ६८८ अंकका साथ दोस्रो स्थानमा र एडम जाम्पा ६८६ अंकका साथ तेस्रो स्थानमा छन् । 

एकदिवसीय ब्याटिङ वरियतामा शीर्ष १० मा कुनै परिवर्तन भएको छैन। यद्यपी श्रीलंकाका ब्याट्सम्यान चारिथ असलङ्काले ५ स्थान र पाथुम निशाङ्का १० स्थान माथि उक्लिएका छन् । 

टेस्ट वरीयताको शीर्ष स्थानमा कुनै परिवर्तन भएको छैन। न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सन बार्टको शीर्ष स्थानमा कायमै छन् । शीर्ष १० को ब्याटिङमा कुनै परिवर्तन भएको छैन । जसप्रित बुमराह टेष्ट बलिङ वरियतामा पनि शीर्ष स्थानमा छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै