• २०८१ बैशाख १५ शनिबार

दक्षिण कोरियाका प्रशिक्षक क्लिन्सम्यान बर्खास्त

kharibot

काठमाडौँ । एशिया कपको सेमिफाइनलबाट बाहिरिएको दक्षिण कोरियाले आफ्ना मुख्य प्रशिक्षक जर्गन क्लिन्सम्यानलाई बर्खास्त गरेको छ ।

शुक्रबार दक्षिण कोरिया फुटबल फेडेरेसनले प्रशिक्षक क्लिन्सम्यानलाई बर्खास्त गरेको हो ।

एशिया कपको क्रममा प्रशिक्षक र प्रमुख खेलाडीबीच विवाद भएको बताइएको छ । कोरियन फुटबल फेडेरेसनका अध्यक्ष चुंग मोंग ग्यूले प्रशिक्षक क्लिन्सम्यानले खेलाडीलाई व्यवस्थापन गर्न असफल भएको आरोप लगाउदै अपेक्षा गरे अनुसारको भूमिका निभाउन नसकेको आरोप लगाएका छन् ।

फिफा वरियतामा ८७औ स्थानमा रहेको जोर्डनसँग सेमिफाइनलमा २३औं स्थानमा रहेको दक्षिण कोरियाको २-० को अपराजयलाई अहिले सहज लिन नसकेको कोरियन मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार दक्षिण कोरियाका सुपर स्टार खेलाडी सन हेंग मिन र अन्य खेलाडीबीच सेमिफाइनलको खेल अगाडी झगडा भएको थियो । फेडेरेसनले प्रशिक्षकले खेलाडीलाई नियन्त्रण गर्न नसकेको समेत आरोप लगाएको छ ।

क्लिन्सम्यान २०२३ को फेब्रुअरीमा मात्र दक्षिण कोरियाको प्रशिक्षक बनेका थिए ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै