• २०८१ बैशाख १५ शनिबार

रोनाल्डो र ओटाभियोको गोलमा अल नासर विजयी

kharibot

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल फातेहलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल फातेहलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र ओटाभियोले एक एक गोल गरेका थिए । त्यसैगरी अल फातेहका लागि एक गोल सालेम अल नाजडीले गरेका थिए ।

यो जितपछि अल नासरको २० खेलमा ४९ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी अल फातेहको २० खेलमा २९ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै