• २०८१ बैशाख १५ शनिबार

बलम्बु प्रहरी प्रभागमा गोली चल्दा इन्स्पेक्टरका बडिगार्ड घाइते

kharibot

काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोलबाट गोली चल्दा एक जना घाइते भएका छन् ।

आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको बताइएको छ ।

घाइते बडिगार्ड सिपाही आशिष जैसवालको उपचारका लागि एपिएफ अस्‍पताल लगिएको छ । उनी खतरामुक्त छन् ।

एक जना सर्वसाधरणको पनि खुट्टाको औंलामा सामान्य चोट लागे पनि उनी उपचारपछि घर फर्किसकेका छन‍् । इन्स्पेक्टर श्रेष्ठमाथि अनुसन्धान गर्न नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै