• २०८१ बैशाख १६ आइतबार

प्रतिनिधि छनौटमा प्रेस युनियनको आपत्ति, महासमिति बैठक बहिष्कार

kharibot

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठकमा युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन् ।

‘कांग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ लम्सालले निकालेको विज्ञप्तिमा उल्लेख छ,‘नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मुल्यको समेत प्रवाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्व बारे अनाधिकृत र अप्रासंगिक निर्णय गरिएको प्रति युनियनको गम्भीर आपत्ति छ।’

महासमितिमा युनियनबाट ४ जना प्रतिनिधि रहने व्यवस्था छ। कांग्रेसले ईश्वरी ओझा, बद्री सिग्देल, सरोज अधिकारी र शिव लम्साललाई महासमिति सदस्य बनाएको छ । तर लम्सालबाहेक पुरानो कार्यसमितिलाई महासमिति सदस्य बनाएपछि अहिलेको शिव लम्साल कार्यसमितिले विरोध गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै