• २०८१ बैशाख १६ आइतबार

निर्वाचनपूर्व गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्तावमा देउवाको सहमति

kharibot

काठमाडौं ।नेपाली कांग्रेसले अब हुने आम निर्वाचनमा  निर्वाचनपूर्व गठबन्धन नगर्ने भएको छ ।

कांग्रेसको महासमिति बैठकमा पेश हुने महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनमा यो विषय राख्न कांग्रेसमा सहमति बनेसँगै अब निर्वाचन  अघि कुनै किसिमको गठबन्धन नहुने भएको हो । 

महामन्त्री थापाको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले असहमति व्यक्त गरेपछि केहि दिन यो विषय कांग्रेस भित्र पेचिलो बनेको थियो । सोमबार महासमिति बैठकको उद्घाटन भएपनि संगठानिक प्रस्तावमा सभापति कै असहमति भएपछि अन्योलता बढेको थियो । तर सोमबार राति बसेको कांग्रेस पधाधिकारी र अन्य शिर्ष नेताहरुको बैठकमा सहमति भएपछि अब प्रतिवेदन महामन्त्री थापाले लेखे अनुसार नै महासमितिमा पेश हुने भएको छ ।

महामन्त्री थापाले गठबन्धन नगर्ने विषय महासमितिमा लैजाने अडान लिएपछि पार्टीको बैठकका बिचमा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए । भेटमा सभापति देउवाले प्रचण्डलाई पार्टीभित्रको विवादका कारण गठबन्धनमा कुनै असर नपर्ने आश्वासन दिएको बताइएको छ । 

देउवाले सोमबार महासमिति बैठकको उद्घाटन सत्रमा पनि चुनावमा गठबन्धन नगर्ने भन्ने कुरा अहिल्यै निर्णय गर्न नहुने धारणा राखेका थिए ।  देउवाले भनेका थिए- ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीेले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ।’

महामन्त्री थापाले स्पष्ट रुपमा आफ्नो प्रस्तावमा भनेका छन्,‘हाम्रो निर्वाचन प्रणालीको सीमाले गर्दा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि तालमेल गर्ने कुरा स्वाभाविक हुन सक्छ ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै