• २०८१ बैशाख १५ शनिबार

कमल थापा भन्छन्- निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुँदैन

kharibot

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत् उनले भ्रष्ट शासकहरूसमक्ष निवेदन दिएर, ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएकाक हुन् । 

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका पक्षधरहरुले संयुक्त रुपमा आन्दोलनमा उत्रिनुपर्ने उनको भनाइ छ । 

उनले भनेका छन्- ‘भ्रष्ट शासकहरु समक्ष निबेदन दिएर, ज्ञापनपत्र बझाएर, अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुँदैन, हुनसक्दैन । गत १७ वर्ष हामीले त्यो अभ्यास गरिसकेका छौं।त्यो प्रयास काम लागेन। अन एक्लैएक्लै वा आ–आफ्नो ढंगबाट आन्दोलन गरौँ भन्नु प्रकारान्तरले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिनु हो। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको आन्दोलनलाई तुहाउने काम गर्छ। त्यसैले सबै राष्ट्रवादीहरुले एकठाउँमा उभिएर,एउटै मोर्चा बनाएर जानुपर्छ,अर्को विकल्प छैन ।' 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै