• २०८१ बैशाख १५ शनिबार

न्यूजील्याण्डमाथि अस्ट्रेलियाको रोचक जित

kharibot

काठमाडौँ । अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । न्यूजील्याण्डले दिएको २१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अन्तिम २ ओभरमा जितका लागि २५ रन आवश्यक भएकोमा मिचेल मार्श र टिम डेभिडले अस्ट्रेलियालाई जित दिलाएका थिए ।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्चले ४४ बलमा अविजित ७२ रन बनाएका थिए । त्यसैगरी टिम डेभिडले १० बलमा आक्रामक ३१ रन बनाएका थिए ।

त्यसैगरी डेभिड वार्नरले ३२, ट्राभिस हेडले २४, ग्लेन म्याक्सवेलले २५ र जोश इंगलिसले २० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएको थियो । न्यूजील्याण्डका लागि रचिन रविन्द्रले ३५ बलमा ६८ रन बनाएका थिए भने डेभोन कोनवेले ६३ रन बनाएका थिए । त्यसैगरी फिन एलेनले ३२, ग्लेन फिलिप्सले १९ र मार्क चाम्पम्यानले १८ रन बनाएका थिए ।

यस खेलमा अस्ट्रेलियाविरुद्ध २१५ रन बनेसँगै अस्ट्रेलियाको नाममा एक अनौठो रेकर्ड बनेको छ । अस्ट्रेलियाविरुद्ध लगातार चार खेलमा विरोधी टिमले २०० भन्दा बढी रन बनाएका छन् । यो टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक भएको हो ।  

यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिज मा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल आगामी शुक्रबार हुने छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै