• २०८१ बैशाख १५ शनिबार

लालचन्द राजपुत बने युएई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

kharibot

काठमाडौँ । भारतका लालचन्द राजपुत युएईको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका छन् । 

६२ बर्षिय राजपुत यस अघि अफगानिस्तान र जिम्बाबेको प्रशिक्षक बनिसकेका छन् । राजपुतले युएईसँग तीन बर्षको सम्झौता गरेका छन् । २०२३ को मार्चमा रोबिन सिंहले छोडेपछि युएईको प्रशिक्षक पद खालि थियो । यस बिचमा मुदास्सर नाजर अन्तरिम प्रशिक्षकको भूमिकामा रहेका थिए ।

राजपुतले यसै सातादेखि पूर्ण रुपमा कार्यभार सम्हाल्ने युएईको मिडिया द नेशनल न्यूजले उल्लेख गरेको छ ।

उनले फेब्रुअरीमै शुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणीय सिरिजबाट आफ्नो कार्यभार सम्हाल्ने छन् । युएईले लिग-२ को पहिलो सिरिजमा घरेलु मैदानमा स्कटल्याण्ड र क्यानडासँग फेब्रुअरी २८ देखि खेल्दै छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै