• २०८१ बैशाख १५ शनिबार

घट्यो सुनचाँदीको मुल्य

kharibot

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । 

यसअघि बुधबार छापावाल सुनको मुल्य १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको थियो । 

यता, आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको मुल्य तोलाको १४ सय १५ रुपैयाँ रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै