• २०८१ बैशाख १५ शनिबार

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

kharibot

काठमाडौँ । बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ ।

४० बर्षिय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो ।

आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हिरासतमा रहेका छन् ।

आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबि गरेपनि २३ बर्ह्सिय महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफुलाई बलात्कार गरेको आरोप लगाउदै उजुरी गरेकी थिइन् । अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पिडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ । 

आल्भेजका वकिलहरुले भने आफुहरुले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै