• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित

kharibot

काठमाडौँ। राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङद्वारा प्रस्तुत गरिएको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह ‘गरिमा’, प्रकाश पन्थ, सुरेशकुमार आलेमगर, देवेन्द्र दाहालले भाग लिएका थिए ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सभा समक्ष पेश गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते सोमबार विहान ११ः०१ बजे बस्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै