• २०८१ बैशाख १५ शनिबार

डिग्री माइलाको 'सुस्त सुस्त' गीत सार्बजनिक

kharibot

काठमाडौँ । आगामी नयाँ वर्ष २०८१ मा प्रदर्शन हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा देखिएका छन् ।

यो गीतमा एसडी योगीको संगीत, दिल्लु चम्लागाईको शब्द रचना तथा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ । त्यस्तै गीतमा युमी बलामीको कोरियोग्राफी र रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ । 

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतको पनि अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेको एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । ‘डिग्री माइला’ नाटकमा आधारित भएर यो फिल्म बनेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै