• २०८१ बैशाख १६ आइतबार

ह्यारी केनको दुई गोलमा बायर्न म्युनिख विजयी

kharibot

काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले आरबी लेइपजिंगलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखका लागि दुवै गोल ह्यारी केनले गरेका थिए । उनले खेलको ५६ र ९१औ मिनेटमा गोल गरेका थिए । त्यसैगरी आरबी लेइपजिंगका लागि एक गोल बेन्जामिन सेस्कोले गरेका थिए ।

पछिल्ला तीन खेलमा हार बेहोरेको बायर्न म्युनिखको चौथो खेलमा पहिलो जित हो । लगातार हार बेहोरेपछि केहि दिन अघि मात्र बायर्नले आफ्ना प्रशिक्षक थोमस टुचेलसँगको सम्झौता यस सिजनको अन्त्यसंगै समाप्त गर्ने निर्णय गरेको थियो ।

यो जितपछि बायर्न म्युनिखको २३ खेलमा ५३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ । शिर्ष स्थानमा रहेको लिभरकुसेन यस सिजनमा अहिलेसम्म अपराजित रहदै २३ खेलमा ६१ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी आरबी लेइपजिंगको यो हारपछि २३ खेलमा ४० अंक भएको छ र लिगमा पाँचौं स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै