• २०८१ बैशाख १५ शनिबार

बाजुराका तेह्र हजार बालबालिकालाई खोप लगाइँदै

kharibot

बाजुरा। सरकारले आजबाट सुरु गरेको दादुरा–रुबेला खोप अभियानमा बाजुरामा १३ हजार बालबालिकालाई खोप लगाइने भएको छ ।

राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा–रुबेला रोग निवारण खोप अभियान आजदेखि फागुन १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

जिल्लामा खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयमसेविका र स्वयम्सेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए ।

उनका अनुसार अनुसार जिल्लाका एक सयभन्दा बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वयम्सेवक पुगिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

देशव्यापीरुपमा सञ्चालन हुने अभियान आजदेखि चैत ७ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए । अभियान प्रत्येक चार वर्षमा सञ्चालन हुन्छ । 

केही हिमाली भेगमा हिमपात र चिसोले सामान्य असर गरे पनि जिल्लामा एकैसाथ अभियान सुरु हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए । खोप नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई लगाइने भएको छ । 

खोप लगाउनका लागि प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीले आमन्त्रण गरिसकेका छन् ।

तीन दिनसम्म तोकिएको स्थान र नभएसम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

बाजुराका १३ हजार नौ सय ४२ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दको भनाइ छ ।  यसका लागि जिल्लाका एक सय ६५ वटा खोप केन्द्रमा एक सय ६५ जना स्वास्थ्यकर्मी र दुई सय ३० जना स्वयम् सेवक खटिएका छन् । 

जिल्लामा ९७ प्रतिशत बढी बालबालिकाले खोप सेवा पाएकोमा यस पटक त्यसलाई समेत बढाउने र शतप्रतिशत लक्ष्य हासिल गर्ने गरी तयारी गरिएको स्वास्थ्य कार्यालय  प्रमुख चन्दले बताए ।

खोप सेवा लिने बालबालिकाको सङ्ख्या सबैभन्दा बढी बूढीगङ्गानगरपालिका दुई हजार १२ जना, त्रिवेणी नगरपालिका दुई हजार १० जना, खप्तड छेडेदह गाउँपालिका दुई हजार नौ जना छन् । 

यस्तै बूढीनन्दानगरपालिकामा एक हजार नौ सय ३६ जना, बडीमालिका नगरपालिका एक हजार पाँच सय ९९ जना, स्वामिकात्र्तिक खापर गाउँपालिका एक हजार तीन सय ७१ जना बालबालिकाले खोप पाउने भएका छन् । 

जगन्नाथ गाउँपालिकामा एक हजार ५४ जना, एक हजार ३१ जना र गौमूलमा नौ सय २० जना बालबालिकालाई खोप लगाइनेछ ।

खोपलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि जिल्लाको खोप समन्वय समितिले तीव्र अनुगमन गर्ने र खोप केन्द्रमा कुनै लापरबाही भएको पाएमा कानुन बमोजिम कारबाही गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

खोपपूर्ण रुपमा प्रभावकारी बनाउनका लागि पालिकादेखि स्वास्थ्य संस्थासँगको छलफल परामर्श र तयारी गरिसकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै