• २०८१ बैशाख १५ शनिबार

प्रधानसेनापति शर्द्वामारा दर्ज्यानीचिह्न प्रदान

kharibot

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा र प्रकाश देउजालाई आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्यानीचिह्न प्रदान गरेका छन् । 

पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजक र उपरथी देउजा संभाररथी विभागमा नियुक्त भएका छन् । उनीहरू सरकारको यही फागुन ६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन् ।

दर्ज्यानीचिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै