• २०८१ बैशाख १५ शनिबार

सुनचाँदीको मुल्य घट्यो

kharibot

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य घटेको छ । सोमबार सुन प्रतितोला २०० रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार  छापावाल १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै