• २०८१ बैशाख १५ शनिबार

सरकारले जवाफ नदिए आगामी संसद बैठक अवरोध गर्ने राप्रपाको चेतावनी

kharibot

काठमाडौं । प्रतिपक्षी दल राप्रपाले मिटरब्याजीपीडित र दूग्ध किसानको समस्या समाधानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने चेतावनी दिएको छ । 

राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले देशका विभिन्न स्थानबाट हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडित र दूग्ध उत्पादक कृषकको समस्या समाधान गर्नेगरी सरकारले ठोस कदम नचाले सदन अवरोध गर्ने चेतावनी दिएका हुन् । 

राप्रपासहित एमाले, रास्वपाका सांसदहरुले सरकारले जवाफ नदिएको विषयमा सदनमा आक्रोश व्यक्त गरेका छन् । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै