• २०८१ बैशाख १६ आइतबार

१९ महिला क्रिकेटरलाई क्यानको सेन्ट्रल कन्ट्रयाक, २० देखि ५० हजारसम्म तलब

kharibot

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १९ जना महिला क्रिकेटरलाई मासिक पारिश्रमिक दिने गरि सेन्ट्रल कन्ट्रयाक दिएको छ । 

क्यानले ए, बी, सी, डी र इमर्जिङ क्याटोगरी गरी पाँच ग्रेडमा बिभाजन गरेर १९ खेलाडीलाई २०२४ को सेन्ट्रल कन्ट्रयाक दिएको हो । 

क्यानाले ग्रेड ए मा पर्ने महिला खेलाडीको मासिक तलब ५० हजार, बी मा रहेका खेलाडीलाई ३५ हजार, सी मा रहेका खेलाडीलाई ३० हजार, डी मा रहेकाका खेलाडीलाई २५ हजार र इमर्जिङ क्याटोगरीमा रहेकालाई २० हजार मासिक तलब दिने भएको छ । 

ग्रेड ए महिला टिमकी कप्तान इन्दु बर्मा, पूर्व कप्तान रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् । त्यसैगरी ग्रेड बी मा कविता कुँवर रहेकी छन् भने ग्रेड सी मा पुजा महतो र अश्मिना कर्माचार्य रहेका छन् ।

त्यस्तै ग्रेड डी मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल रहेका छन् भने इमर्जिङ क्याटोगरी- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रविन रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै