• २०८१ बैशाख १५ शनिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु

kharibot

काठमाडौं । माओवादी केन्द्रको स्थायी बैठक आजपनि शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजेदेखि बैठक जारी रहेको छ ।

बैठकले पार्टीका नेताहरुको कार्यविभाजन, सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद, गठबन्धनभित्र कांग्रेसको भूमिका र राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर छलफल चलिरहेको छ ।

यस अघि मंगलबार बसेको बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका थिए । माओवादीले प्रधानमन्त्री गुमाउने बित्तिकै संवैधानिक परिषद्‍मा शून्य उपस्थिति हुने भन्दै उनीहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई दबाब दिइरहेका छन् ।

आज प्रचण्डले सदस्यहरुले उठाएको प्रश्नको जवाफ समेत दिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय