• २०८१ बैशाख १५ शनिबार

लिग- २ मा क्यानडाको विजयी शुरुवात, युएईमाथि ३ विकेटको जित

kharibot

काठमाडौँ । क्यानडाले आइसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा क्यानडाले युएईलाई ३ विकेटले पराजित गर्दै लिग-२ मा विजयी शुरुवात गरेको हो ।

युएईले दिएको १९५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको युएईले पहिला ब्याटिंग गर्दै ४७.५ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो ।

अब लिग-२ को यस सिरिजमा अर्को खेल शुक्रबार क्यानडाले स्कटल्याण्डसँग खेल्ने छ ।
  

पढ्नै पर्ने

लोकप्रिय