• २०८१ बैशाख २८ शुक्रबार

पाउल पोग्वालाई चार बर्षको प्रतिबन्ध

kharibot

काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वालाई चार बर्षको प्रतिबन्ध लागेको छ ।

लागु औषध सेवन गरेको आरोपमा पोग्वालाई चार बर्षको प्रतिबन्ध लागेको हो । उनी गत अगस्तमा ड्रग टेस्टमा पोजेटिभ देखिएका थिए । ३० बर्षिय पोग्वा यस सिजनको युभेन्टसको सिजनको पहिलो खेलअघि भएको टेस्टमा पोजेटिभ देखिएका थिए ।

पोग्वालाई इटालीको एन्टी डोपिंग एजेन्सीले चार बर्षको प्रतिबन्ध लगाएको हो । पोग्वाका वकिलले भने पोग्वाले अन्जानमा सो औषधि सेवन गरेको भन्दै सजाय बढी भएको बताएका छन् ।

अब ३१ बर्ष पुर्ग्न थालेका पोग्वाको यो प्रतिबन्धपछि फुटबल क्यारियर सकिने अनुमान गरिएको छ । पोग्वा एक समयका विश्वका सबैभन्दा महंगा खेलाडी थिए ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै