• २०८१ बैशाख १५ शनिबार

मछिन्द्र केपी ओली कपको फाइनलमा

kharibot

काठमाडौँ । मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ ।

विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रका लागि बिमल घर्ति मगर, आयुष घलान, स्टेफेन बिनोंग, हिसुब थपलिया र देवेन्द्र तामाङले एक एक गोल गरेका थिए ।

योसँगै अब फाइनलमा मछिन्द्र र एनआरटीको भिडन्त हुने भएको छ । आजै सम्पन्न पहिलो सेमिफाइनलमा एनआरटीले जावलाखेललाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल आगामी शनिबार हुने छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै