• २०८१ बैशाख २७ बिहीबार

संसद भवन परिसरमा अनधिकृत प्रवेश गर्ने ४९ जना रिहा

kharibot

काठमाडौं । काठमाडौँको नयाँबानेश्वरस्थित संसद भवनमा अनधिकृतरूपमा प्रवेश गरेका लघुवित्त ऋणीहरू रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले विहिबार हाजिर जमानीमा पक्राउ परेका ४९ जनालाई रिहा गरेको हो ।

निषेधित क्षेत्र तोडेर उनीहरू गत सोमबार संसद भवन परिसरमा प्रवेश गरेका थिए । त्यहाँ प्रहरी र मर्यादापालकले उनीहरूलाई रोकेका थिए । लगत्तै प्रहरीको बानेश्वर वृत्तले उनीहरूलाई पक्राउ गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै