• २०८१ बैशाख २१ शुक्रबार

साफ यू–१६ महिला फुटबल आजदेखि, भुटान र भारत भिड्दै

kharibot

काठमाडौँ । आजदेखि साफ यू–१६ महिला फुटबल प्रतियोगिता सुरु हुँदै छ । फागुन २७ गतेसम्म हुने यस प्रतियोगिताका खेलहरू ललितपुरस्थित च्यासल मैदानमा हुने छन् ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

प्रतियोगिताको पहिलो खेलमा आज भुटान र भारतबिच भिड्दैछन् । यो खेल नेपाली समय अनुसार, दिउँसो ३: ०० बजे सुरु हुनेछ । नेपालले भने पहिलो खेल शनिवार बंगलादेशविरुद्ध खेल्ने छन् । यसैगरी प्रतियोगिताको तेस्रो खेल फागुन २१ गते भुटान र नेपालबीच हुने छ भने चौथो खेल फागुन २२ गते बङ्गलादेश र भारतबीच हुने छ । यसैगरी समूह चरणको पाँचौँ खेल फागुन २४ गते नेपाल र भारतबीच हुने छ । समूह चरणको अन्तिम खेल फागुन २५ गते बङ्गलादेश र भुटान खेल्ने छन् ।

प्रतियोगिताको फाइनल खेल भने फागुन २७ गते खेलिने छ ।

नेपाली टिम:

गोलरक्षक: रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली ।
डिफेन्डर: दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।
मिडफिल्डर: भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ । 
स्ट्राइकर: पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै