• २०८१ बैशाख १६ आइतबार

बंगलादेशमा भिषण आगलागी ४४ जनाको मृत्यु

kharibot

काठमाडौँ । बंगलादेशको राजधानी ढाकास्थित एउटा सात तले भवनमा बिहीबार राति आगलागी हुदा ४४ जनाको मृत्यु भएको छ । 

घटनामा २२ जना गम्भीर घाइते भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । आगो निभाउन १३ दमकललाई करिब साढे दुई घण्टा लागेको थियो ।

ग्रीन कोजी कोटेज नामक भवनबाट ७५ जनालाई बाहिर निकालिएको थियो, जसमध्ये ४२ जना बेहोस थिए । सबैलाई ढाका मेडिकल कलेज र शेख हसिना नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ ४४ जनाको मृत्यु भएको थियो ।

बंगलादेशका स्वास्थ्यमन्त्री डा सामन्त लाल सेन आगलागी राति करिब ९: ५० बजे पहिलो तल्लामा रहेको रेस्टुरेन्टमा भएको र त्यसपछि माथिका तलामा फैलिएको बताए । आगलागी राति १२: ३० बजे नियन्त्रणमा आएको थियो ।

बंगलादेशका स्वास्थ्यमन्त्री डा सामन्त लाल सेनले दुवै अस्पतालमा २२ जनाको उपचार भइरहेको मिडियालाई बताए । अहिलेसम्म बाँचेकाहरुको श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै