• २०८१ बैशाख २४ सोमबार

प्रतिनिधिसभामा आज पनि प्रतिपक्षी दलहरुको विरोध

kharibot

काठमाडौं । नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद सुर्य थापाले प्रधानमन्त्री र मन्त्रीहरुको खोजी गर्न आग्रह गर्दै सभामुखले आजको लागि दिन तोकेर गरेको रुलिङलाई पनि बेवास्ता गरेको बताए ।

सांसद थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई खोजी गर्नुपर्ने अवस्था आएको बताउदै विरोध गरेका छन् । उनले सरकारले प्रतिपक्षी दलहरुले उठाइरहेको विषयलाई नजरअन्दाज गरेर बसेको बताए । 

एमालेसहितका प्रतिपक्षी दलले बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामिक्स काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र भगवान गौतमबुद्धको अस्तु भएको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनमा भाडामा लगाउने सम्बन्धमा पनि अनियमिता भएको भन्दै संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सु्दन किरातीलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै