• २०८१ बैशाख १५ शनिबार

काठमाडौँ महानगरविरुद्ध कवाडी व्यवसायी र संकलनकर्ता आन्दोलित

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन् । कवाडी व्यवसायी समाजको अगुवाईमा शुक्रबार महानरपालिकाविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका हुन् । महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका छन् ।

थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निर्णयविरुद्ध कवाडी संघ एवम् व्यवसायी र संकलनकर्ताहरुले जुलुससहित विरोध आन्दोलन गरेका छन् । 

काठमाडौं महानगरले दर्ता भएका कवाडी व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको थियो । त्यसपछि वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिदिएको र व्यवसाय हटाउन भन्दै पत्रचार गरेको कवाड व्यवसायी समाजले बताएको छ ।

समाजका अध्यक्ष रामकेवल गुप्ताले महानगरका विभिन्न वडा कार्यालयहरुवाट कवाडी हटाउने सम्बन्धमा पत्रहरु प्राप्त भएको हुदा यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । उनले महानगरको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र यस महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसाय दर्ता नविकरण नगरिरहेको विषयमा घोर आपत्ती रहेको बताउदै प्रचलित कानूनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिनुपर्ने बताए । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै