• २०८१ बैशाख १६ आइतबार

विश्वका एक अर्बभन्दा बढी मानिस मोटोपनाको शिकार !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । मोटोपनको समस्या विश्वभर मानिसमा बढ्दै गएको छ । अहिले एक अर्बभन्दा बढी मानिस मोटोपनाको शिकार छन् । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एउटा पेपरका अनुसार विश्वभर मोटोपनाबाट पीडित एक अर्बभन्दा बढी मानिसमध्ये ८८ करोड मानिस वयस्क छन् भने १५ करोड ९० लाख बालबालिका छन् ।

रिपोर्टका अनुसार टोंगा र अमेरिकी सामोआमा महिलाहरूमा सबैभन्दा छिटो मोटोपना बढेको छ । त्यस्तै समोआ र नाउरुमा पुरुषहरूमा मोटोपनाको उच्च दर छ । यहाँ ७० र ८० प्रतिशत वयस्कहरू मोटोपनाको शिकार छन् । पुरुष मोटोपनाको हिसाबले बेलायत ५५औँ द्रुत बृद्धि हुने देश रहेको छ । जबकि महिलाको मोटोपनका हिसाबले बेलायत ८७औं नम्बरमा छ ।

वैज्ञानिकहरुको एक अन्तर्राष्ट्रिय टोलीले मोटोपनासँग लड्न नयाँ कदम चाल्नुपर्ने बताएको छ । मोटोपनले मुटु रोग, टाइप २ मधुमेह र क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ । मोटोपनाको र्याङ्किङ (मोटोपनाबाट पीडित व्यक्तिको प्रतिशत यसमा उमेरको भिन्नतालाई पनि ध्यान दिइन्छ) अनुसार अमेरिका पुरूषहरूमा सबैभन्दा छिटो मोटोपनाको हिसाबले १०औं र महिलाहरूमा मोटोपनाको सन्दर्भमा २६औं स्थानमा छ । त्यस्तै भारत महिलाहरूमा मोटोपनाको सन्दर्भमा कम १९औं स्थानमा छ भने पुरुषहरूमा २१औं स्थानमा छ । त्यसैगरी चीन महिलाहरु माझ मोटोपनाको मामलामा ११औं र पुरुषहरुमा ५२औं स्थानमा छ ।

बालबालिका र किशोरकिशोरीहरूमा मोटोपनामा तीव्र वृद्धि

इम्पेरियल कलेज लन्डनका वरिष्ठ अनुसन्धानकर्ता माजिद इज्जतीले धेरै देशहरूमा मोटोपन स्वस्थ र अस्वस्थ खानाको विषय बनेको बताएका छन् । उनले केही अवस्थामा, यो पनि मार्केटिङ कम्पनीहरूको आक्रामक रणनीतिले अस्वस्थ खानालाई बढावा दिएको बताए । यस बाहेक कहिलेकाहीँ स्वस्थ खानाको मुल्य महँगो हुँदा वा नपाउँदा पनि मानिसहरु मोटोपना बढाउने खानेकुरालाई प्राथमिकता दिन्छन् ।

प्रोफेसर इज्जती वर्षौंदेखि मोटोपन तथ्याङ्क हेर्दै छन् । मोटोपनाको बढ्दो गति र त्यसको बदलिँदो तस्वीर देखेर उनी छक्क परेका छन् । अहिले धेरै देशले मानिसमा मोटोपना बढ्ने समस्याको सामना गरिरहेका छन् । मानिसमा कम तौल हुने समस्या हुने ठाउँको संख्या पनि घटेको छ ।

प्रतिवेदनका अनुसार सन् १९९० देखि २०२२ सम्म बालबालिका र किशोरकिशोरीहरूमा मोटोपनाको दर चार गुणा बढेको छ । यो दर वयस्क महिलाहरूमा दोब्बरभन्दा बढी छिटो बढेको छ। वयस्क पुरुषहरूमा यो गति तीन गुणा हुन्छ ।

यसैबीच, कम तौल भएका वयस्कहरूको अनुपात ५० प्रतिशतले घटेको छ । तर, गरिब देशहरूमा अझै पनि यो समस्या रहेको अनुसन्धानकर्ताहरू बताउँछन् । उनले भने, 'जलवायु परिवर्तनको प्रभाव, कोभिड–१९ का कारण उत्पन्न अशान्ति र युक्रेनमा युद्धजस्तो अवस्थाले बढी तौल र कम तौल दुवैको समस्या बढाएको छ । किनभने यी अवस्थाहरूले गरिबी बढेको छ र मानिसहरू पौष्टिक खानाबाट टाढिएका छन् ।'

यस अवस्थाको एउटा साइड इफेक्ट यो हो कि केही देशहरूमा परिवारहरूले पर्याप्त खाना नपाइरहेका छन् । उनीहरु अस्वस्थकर खानेकुरा तिर लागेका छन् ।

यस अनुसन्धानका लागि डब्लुएचओसँगको सहकार्यमा १५०० भन्दा बढी अनुसन्धानकर्ताहरूको सञ्जालले पाँच वर्ष वा सोभन्दा माथिका २२ करोड मानिसको उचाइ र तौल नापेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै