• २०८१ बैशाख २६ बुधबार

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् ।  

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताइन् ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै