• २०८१ बैशाख १६ आइतबार

कोटेश्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले दियो ठक्कर

kharibot

फाइल तस्बीर

काठमाडौं । काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ । 

बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक(सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट उनी गम्भीर घाइते भएका छन्।

उनको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जिवन श्रेष्ठले खत्रीको आईसीयूमा राखेर उपचार भइरहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै