• २०८१ बैशाख २३ आइतबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

kharibot

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

राजनीतिक समीकरण बदलिदा नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको नयाँ अवस्थामा पार्टीको भूमिकाको विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै