• २०८१ बैशाख २८ शुक्रबार

कांग्रेसलाई गठबन्धन महङ्गो सावित भयो- डा. शेखर कोइराला

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सोमबारको राजनीतिक घटना सामान्य नभएको टिप्पणी गरेका छन् ।

कोइरालाले राजनीतिमा गठबन्धन बन्नु र तोडिनु सामान्य भएपनि सोमबारको घटना सामान्य नभएको टिप्पणी गरेका हुन् ।

उनले कम्जोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसलाई महँगो साबित भएको समेत बताएका छन् ।

उनले भने-

राजनीतिमा गठबन्धन वन्नु,तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै