• २०८१ बैशाख १६ आइतबार

यात्रु बस त्रिशूलीमा खस्यो, ४ जनाको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

धादिङ । कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबस धादिङको त्रिशूली नदीमा खसेको छ । 

लु १ ख २१२१ नम्बरको बस गजुरीको घाटबेशीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट अहिलेसम्म १३ जनाको उद्धार गरी उपचारको लागि नजिकैको स्थानीय अस्पतालमा पठाइएको छ । 

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै