• २०८१ बैशाख १५ शनिबार

रास्वपालाई गृह मन्त्रालय दिन सहमति

kharibot

काठमाडौं । नयाँ गठबन्धनमा रास्वपालाई गृह मन्त्रालय दिने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई गृहमन्त्रालय दिन सहमत भएका हुन् । योसँगै रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका हुन् । 

लामिछाने यस अघि गत वर्षको पुसमा बनेको गठबन्धनबाट पनि उपप्रधान एवम् गृहमन्त्री बनेका थिए । 

जसअनुसार  एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको बाँकी मन्त्रालय नेकपा एसलगायतलाई दिइने बुझिएको छ ।

गृह र अर्थ मध्ये एकमा एमालेको दाबि रहेकोमा रास्वपाले गृह मन्त्रालय पाउने भएपछि अब अर्थमा एमाले र माओवादी केन्द्रबीच सहमति हुन बाँकी रहेको बताइएको छ । एमालेबाट विष्णु पौडेल र माओवादी केन्द्रबाट वर्षामान पुन अर्थमन्त्री बन्ने चर्चा रहेको छ ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै