• २०८१ जेठ ६ आइतबार

माओवादी स्थायी समिति बैठक सर्‍यो

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित स्थायी समिति बैठक स्थगित भएको छ ।

फागुन ११ गते बसेको बैठकले बाँकी नेताहरूको कार्यविभाजन, विधान संशोधन लगायत विषयमा छलफल गर्न फागुन २८ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

तर एकाएक समीकरण बदलिएपछि बैठक स्थगित भएको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् । रोकाका अनुसार बैठक चैत १ गते बस्नेछ । 

‘नयाँ विकसित घटनाक्रमका कारण फागुन २८ को बैठक स्थगित गरी चैत १ गते बोलाइएको छ’, उनले जानकारी दिइन् । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य भंग गरी एमालेसँग मिलेर नयाँ समीकरण बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै