• २०८१ बैशाख १६ आइतबार

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्यो रियल म्याड्रिड

kharibot

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा रियल म्याड्रिडले जर्मनी क्लब आरबी लेइपजिंगसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो । यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल गरेका थिए भने आरबी लेइपजिंगका लागि विली ओर्बानले एक गोल गरेका थिए ।

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले १-० को नतिजा निकालेको थियो ।

योसँगै रियल म्याड्रिडसहित बायर्न म्युनिख, पिएसजी र म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै