• २०८१ बैशाख १६ आइतबार

मेसी र स्वरेजले इन्टर मियामीलाई हारबाट बचाए

kharibot

काठमाडौँ । इन्टर मियामी उत्तर अमेरिकी च्याम्पियन्स कप अन्तर्गत राउण्ड १६ को पहिलो लिगमा नाशभिल्लेसँग हारबाट जोगिएको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा इन्टर मियामी नाशभिल्लेसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

२-१ गोलले पछाडी रहेको इन्टर मियामीलाई लुइस स्वरेजले खेलको ९५औ मिनेटमा गोल गर्दै हारबाट बचाएका हुन् ।

यसअघि २-० ले पछि परेको अवस्थामा लियोनेल मेसीले खेलको ५२औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई खेलमा फर्काएका छन् । त्यसैगरी नाशभिल्लेका लागि ज्याकब शफेलबर्गले खेलको चौथो र ४६औं मिनेटमा गोल गरेका थिए ।

अब लिगको दोस्रो खेल मार्च १४ मा हुने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै