• २०८१ बैशाख १५ शनिबार

साउदी लिगमा अल हिलाल अपराजित

kharibot

काठमाडौँ । साउदी प्रो लिगमा अल हिलाल अपराजित रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल रियादलाइ ३-१ गोल अन्तरले पराजित गर्दै अपराजित रहेको हो ।

अल हिललको जितमा रुबेन नेभेज, माइकल र अलेक्जेन्डर मिट्रोभिकले एक एक गोल गरेका थिए । त्यसैगरी रियादका लागि अल हिलालका अलि अलबुलायहिले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अल हिलालले साउदी लिगमा २३ खेलमा २१ जित र २ बराबरीसहित अपराजित रहेको छ । अल हिलालको २३ खेलमा ६५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

अल हिलाल दोस्रो स्थानमा रहेको अल नासरभन्दा स्पष्ट १२ अंकले अगाडी भएको छ । त्यसैगरी अल रियादको २३ खेलमा २३ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै