• २०८१ बैशाख १५ शनिबार

यमलको गोलमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले मल्लोर्कामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कालाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा खेलको ७३औं मिनेटमा लामिने यमलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । युवा खेलाडी यमलले रोबेर्ट लेवानडोस्कीको असिस्टमा गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २८ खेलमा ६१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना एक खेल कम खेलेर शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ५ अंकले पछाडी रहेको छ ।

त्यसैगरी मल्लोर्काको २८ खेलमा २७ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै