• २०८१ बैशाख २६ बुधबार

सिटौला बने कांग्रेसको राष्ट्रियसभामा संसदीय दलको नेता

kharibot

काठमाडौँ । कृष्ण प्रसाद सिटौला नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलको नेता बनेका छन् ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभामा संसदीय दलको नेता चयन गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलको विधान अनुसार प्रतिनिधि सभाको संसदीय दलको नेताले राष्ट्रिय सभाका सदस्यहरु मध्येबाट एक जनालाई संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ ।

सिटौला माघ ११ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय सभामा निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै